यस कार्यालयबाट सम्बन्धित प्रदेशबाट अन्य प्रदेशसम्म संचालन हुने वा नेपाल भरी संचालन हुने सार्वजनिक सवारीहरूको लागि बाटो इजाजतपत्र जारी गरिन्छ ।
क. नयाँ बाटो इजाजतपत्रका लागि आवश्यक कागजातहरू निम्नानुसार रहेका छन्
१. रु १० को टिकट टाँस गरि सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची-३२ बमोजिमको निवेदन
२. सवारी जाँच पासको सक्कल तथा प्रतिलिपि
३. यातायात सेवाको पंजिकरण सम्बन्धी कागजात र प्रतिलिपि
४. चालकको सवारी चालक अनुमति पत्र र प्रतिलिपि
५. चालु आ.व को कर तिरेको प्रमाणपत्र र प्रतिलिपि
६. नवीकरण अद्यावधिक भएको सवारी दर्ता प्रमाणपत्र र प्रतिलिपि
७. सवारी बीमा सम्बन्धी कागजात र प्रतिलिपि
८. माग गरेको बाटोको विवरण (नियमानुसार स्वीकृत बाटोमा)
९. सवारी साधान (आवश्कतानुसार)
ख. बाटो इजाजतपत्र नविकरणका लागि आवश्यक कागजातहरु निम्नानुसार रहेका छन्
१. रु १० को टिकट टाँस गरि सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची-३६ बमोजिमको निवेदन
२. सवारी जाँचपासको सक्कल तथा प्रतिलिपि
३. चालकको सवारी चालक अनुमति पत्र र प्रतिलिपि
५. चालु आ.व को कर तिरेको प्रमाणपत्र र प्रतिलिपि
६. नवीकरण अद्यावधिक भएको सवारी दर्ता प्रमाणपत्र र प्रतिलिपि
७. सवारी बीमा सम्बन्धी कागजात र प्रतिलिपि
ग. बाटो इजाजतपत्र परिवर्तनका लागि आवश्यक कागजातहरू निम्नानुसार रहेका छन्
१. रु १० को टिकट टाँस गरि सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची-३३ बमोजिमको निवेदन
२. हालको बाटो इजाजतपत्रको सक्कल र प्रतिलिपि
३. जाँचपासको प्रमाणपत्र सक्कल र प्रतिलिपि
४. चालकको सवारी चालक अनुमति पत्र र प्रतिलिपि
५. चालु आ.व को कर तिरेको प्रमाणपत्र र प्रतिलिपि
६. नवीकरण अद्यावधिक भएको सवारी दर्ता प्रमाणपत्र र प्रतिलिपि
७. सवारी बीमा सम्बन्धी कागजात र प्रतिलिपि