यातायात सेवाको पंजिकरण

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ अनुसार यातायात सेवाको नाम यातायात व्यवस्था विभागमा पञ्जीकृत हुनुपर्दछ । विभागको मिति २०८०।०४।०२ को निर्णानुसार यातायात सेवाको पञ्जीकरण गर्ने अधिकार सवारी परीक्षण कार्यालयलाई प्रत्यायोजन गरिएको छ ।

पञ्जिकरणका लागि आवश्यक कागजातहरू

१. प्रोप्राइटर, साझेदार वा प्रथम सञ्चालकहरूको नागरिकताको प्रमाणपत्र

२. सञ्चालन गर्न खोजेको यातायात सेवा अन्तर्गत रहेका सवारीको दर्ताको प्रमाणपत्र

३. सञ्चालन गर्न खोजेको यातायात सेवा यस अघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र र कर फर्स्यौट प्रमाणपत्र

४. सञ्चालन गर्न खोजेको यातायात सेवाको प्रबन्धपत्र र नियमावली

५. सञ्चालन गर्न खोजेको यातायात सेवा अन्तर्गत काम गर्ने चालक, परिचालकलाई दिइएको सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को अनुसूची -६२ बमोजिमको नियुक्तिको प्रतिलिपि र अन्य कर्मचारीहरूको विवरण