सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ८९ बमोजिम सार्वजनिक सवारीले जाँचपास गराउनुपर्ने व्यवस्था रहेको छ ।
क. जाँचपासको लागि सवारी साधान सहित निम्न कागजातहरू आवश्यक पर्दछ
१. सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को अनुसूची ३ बमोजिम ठूला सवारीको रु ३००, मझौला र साना सवारीको रु २०० को दस्तुर
२. सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को अनुसूची ४० बमोजिमको ढाँचामा दरखास्त
३. अन्तर प्रदेश बाटो इजाजतपत्रको प्रतिलिपि