नेपालको यातायात क्षेत्रलाई नियमन, विकास, व्यवस्थापन र सहजीकरणको लागि वि.सं. २०४१ सालमा यातायात व्यवस्था विभागको स्थापना भएको हो । यातायात व्यवस्था विभाग हाल नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था बमोजिम मानिसको आवागमन र वस्तुहरूको ओसारपसारको लागि सुरक्षित, भरपर्दो, सुलभ र वातावरणमैत्री यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहतका सवारी परीक्षण कार्यालयहरूको मुख्य उद्देश्य हो।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,यातायात ब्यबस्थाका विभाग अन्तर्गत लुम्बिनी प्रदेशको बुटवल उप-महानगरपालिका वडा नं. १३, वेलबास, रुपन्देहीमा २०७६ असोज महिनामा यो कार्यालय स्थापना भएको हो I
यस सवारी परीक्षण कार्यालयले लुम्बिनी प्रदेशबाट अन्य प्रदेशहरूमा जाने तथा अन्य प्रदेशहरूबाट लुम्बिनी प्रदेशमा आउने वा नेपाल भरी संचालन हुने सार्वजनिक सवारी साधनहरुलाई(यात्रु वाहक, माल वाहक) को जाँचपास, बाटो इजाजत-पत्र प्रदान, स्तर कायम र प्रदूषण परीक्षण, रात्रि सेवा, स्तरीय सेवा, डिलक्स तथा सुपर डिलक्स सेवामा संचालन हुने सार्वजनिक सवारी साधनको मापदण्ड अनुसार सवारी निरीक्षण गरी तोकिएको अवधिसम्म सञ्चालनको स्वीकृति दिने लगायतका कार्यहरू गर्दै आइरहेको छ ।